दफा १०
समितिको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र
अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजटे तर्जुमा गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने,
(ख) परिषद्सँग आवद्ध हुन चाहने संघ, संस्थालाई आवद्धता प्रदान गर्ने सम्बन्धी शर्त, विधि र प्रक्रिया निर्धारण गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने,
(ग) परिषद्बाट स्वीकृत नीति र मार्गदर्शनको अधीनमा रही युवा विकास, परिचालन तथा युवा सशक्तीकरण सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(घ) युवालाई विकासको मूलप्रवाहमा परिचालन गर्न अभियानमूलक कार्य सञ्चालन गर्ने, गराउने,
(ङ) युवाका लागि स्वरोजगार प्रबद्र्धन तथा उद्यमशीलता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(च) युवालाई विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा स्वयंसेवकको रुपमा परिचालन गर्ने, गराउने,
(छ) युवालाई राष्ट्रिय विकासमा समाहित गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ज) युवा विकास तथा युवा परिचालन सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,
(झ) युवालाई आत्मनिर्भर हुन सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ञ) युवालाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउन पहल गर्ने,
(ट) परिषद्बाट सम्पादन गरिने कार्य मितव्ययी र प्रभावकारी ढंगबाट सम्पादन गर्न तथा वित्तीय उत्तरदायित्व प्रणालीलाई विश्वसनीय बनाउन आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्ने,
(ठ) युवा सम्बन्धी विभिन्न निकायद्वारा सञ्चालित कार्यक्रमको समन्वय गर्ने,
(ड) युवा सम्बन्धी सूचनाको व्यवस्थापन गर्ने तथा एकीकृत तथ्यांक तयार गर्ने,
(ढ) युवा सम्बन्धी संघ, संस्थाको क्षमता अभिवृद्धि गर्ने, गराउने,
(ण) तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने ।