दफा ९
समितिको काम, कर्तव्य र अधिकार
परिषद्ले दिएको नीति निर्देशनको अधीनमा रही समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजम हुनेछ
(क) परिषद्ले दिएको नीति निर्देशनको अधीनमा रही कृषि सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने, गराउने ।
(ख) परिषद्ले दिएको नीति निर्देशनको अधीनमा रही कृषि सम्बन्धी अध्ययन र अनुसन्धान गर्न आवश्यक कार्यक्रम तथा बजेट बनाई स्वीकृतिको लागि परिषद्मा पेश गर्ने ।
(ग) कृषि अनुसन्धान सम्बन्धमा आवश्यक परामर्श सेवा तथा अनुसन्धान सहयोग उपलब्ध गराउने ।
(घ) कृषि सम्बन्धी अध्ययन तथा अनुसन्धान कार्यहरूको तथ्यांक तथा प्रतिवेदनहरू अद्यावधिक राख्ने ।
(ङ) परिषद्ले दिएका निर्देशनहरूको पालना गर्ने, गराउने ।
(च) कृषि अनुसन्धानसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्ने, गराउने ।