दफा
समितिको काम, कर्तव्य र अधिकार

(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको विनियमको अधीनमा रही परिषद्ले गर्नु पर्ने सम्पूर्ण काम, कारबाही गर्नु, अधिकारहरूको प्रयोग तथा कर्तव्यको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।

(२) समितिले आफूले प्रयोग गर्न पाउने अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, सदस्य–सचिव वा परिषद्को अधिकृतलाई सुम्पन सक्नेछ ।