दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ७ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले कार्यकारी समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य–सचिव समेतलाई जनाउँनेछ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।