९. समितिको काम, कर्तव्य र अधिकार
(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी बालबालिकाहरूको विकास तथा पुनस्र्थापना गर्ने सम्बन्धमा विभिन्न कार्यक्रम र
योजनाको तर्जुमा गरी त्यस्ता कार्यक्रम र योजनालाई कार्यान्वयन गर्ने, गराउने ।
(ख) बालबालिकाहरूको विकास तथा पुनस्र्थापना गर्ने सम्बन्धमा देखा परेका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउन
आवश्यकतानुसार कार्यमूलक अनुसन्धान गर्ने, गराउने ।
(ग) कोषको संचालन र व्यवस्थापन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्ने, गराउने ।
(घ) विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी बालबालिकाहरूको विकास तथा पुनस्र्थापना गर्नको लागि आवश्यक वित्तिय तथा
प्राविधिक आधारहरू तयार पारी सोही अनुसार विकास तथा पुनस्र्थापना कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने ।
(ङ) कोषको वार्षिक तथा आवधिक कार्यक्रम स्वीकृत गर्ने र सोको निमित्त आवश्यक रकमको व्यवस्था गर्ने ।
(च) कोषको आवश्यकतानुसार विभिन्न क्षेत्रबाट रकम प्राप्त गर्न आवश्यक कदम चाल्ने ।
(छ) विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी बालबालिकाहरूलाई आफ्नो परिवारसँग पुनर्मिलन गर्ने व्यवस्था गर्ने ।
(ज) विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी मजदूरहरूका बालबालिकाहरूलाई शिक्षा, स्वास्थ्य सेवा र त्यस्तै अन्य आवश्यक
सेवाहरू उपलब्ध गराउने ।
(झ) विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी मजदूरहरूको बालबालिकाहरूलाई हेर्ने व्यवस्था मिलाउन दिवा हेरचाह केन्द्र( Day care center ) काे व्यवस्था गर्ने ।
(ञ) कोषको वार्षिक कार्यक्रम र बजेट स्वीकृत गर्ने ।
(ट) कोषले वर्षभरी गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन र प्रत्येक वर्षको लेखा परीक्षणको प्रतिवेदन नेपाल सरकार तथा अन्य
सम्बन्धित निकायहरू समक्ष पेश गर्ने ।
(२) उपनियम (१) मा उल्लिखित, काम, कर्तव्यहरूका अतिरिक्त कोषको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरू गर्नु र यस नियमावलीका अधीनमा रही कोषले गर्नु पर्ने सम्पूर्ण कामकारबाहीहरू गर्नु तथा कोषलाई प्राप्त सम्पूर्ण अधिकारहरूको प्रयोग तथा कर्तव्यको पालन गर्नु समितिको कर्तव्य हुनेछ ।