दफा
समितिको काम, कर्तव्य र अधिकार

४. समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) आयोजनाको सर्भेक्षण, अध्ययन, अन्वेषण, मूल्यांकन र अनुगमन गर्ने वा गराउने,
(ख) आयोजना आर्थिक तथा प्राविधिक रुपमा उपयुक्त देखिए आयोजनाको निर्माण तथा विकास कार्य गर्ने वा गराउने,
(ग) आयोजनाको विकास तथा निर्माणका लागि आयोजनाको विकास प्रक्रियामा स्थानीय जनताको सक्रिय सहभागिता कायम गराउने तर्फ आवश्यक नीति, योजना तथा कार्यक्रम तयार गर्ने,
(घ) आयोजनाको निर्माणका लागि आवश्यकता अनुसार ठेक्का कार्यको व्यवस्थापन गर्ने,
(ङ) आयोजनाको निर्माण सुपरिवेक्षण, अनुगमन तथा व्यवस्थापनका लागि आवश्यकता अनुसार परामर्श सेवा लिने,
(च) आयोजनाको शीघ्र कार्यान्वयनका लागि आवश्यक कार्य गर्ने वा गराउने,
(छ) विद्युत आयोजनाको लागि लगत इष्टिमेट स्वीकृत गर्ने,
(ज) विद्युत आयोजना कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा बोलपत्र आह्वान गर्ने प्रयोजनको लागि बोलपत्रको कागजात तयार गर्ने,
(झ) प्रचलित कानुनको अधिनमा रही बोलपत्र स्वीकृत गर्ने,
(ञ) आयोजनाको निरीक्षण गर्ने र निरीक्षण गर्दा देखिएका समस्या समाधानका लागि आवश्यक निर्देशन दिने,  पहिलो संशोधनद्वारा संशोधित ।
(ट) समितिको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने र यसको कार्यान्वयन गर्ने वा गराउने,
(ठ) आयोजनाको कार्यान्वयन तथा सञ्चालनसँग सम्बद्ध तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।