नियम
समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) सामाजिक सुरक्षा कार्यक्रमको नीतिगत विषयमा नेपाल सरकारलाई सल्लाह सुझाव दिने,
(ख) कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा कार्यक्रमको प्रारुप तयार गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्ने र स्वीकृत भएपछि लागू गर्ने,
(ग) नेपाल सरकारबाट स्वीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने वा गराउने,
(घ) कोषमा जम्मा भएको रकम आय आर्जन हुने गरी सुरक्षित क्षेत्रमा लगानी गर्ने,
(ङ) कोषको लगानी नीति तयार गरी नेपाल सरकारको स्वीकृति प्राप्त गरे पछि कार्यान्वयन गर्ने,
(च) सामाजिक सुरक्षा योजना वा कार्यक्रम सम्बन्धी कानून तर्जुमा गर्ने,
(छ) कोषको वार्षिक बजेट, योजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(ज) योगदानकर्ताको विवरण प्राप्त गरी अभिलेख अद्यावधिक गर्ने,
(झ) योगदानकर्ताहरुलाई परिचयपत्र वितरण गर्ने,
(ञ सामाजिक सुरक्षा कार्याक्रम सञ्चालन गर्न अन्य आवश्यक कार्य गर्ने ।