दफा
समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत:कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम
स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने,
(ख) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा सम्बन्धित निकायबीच
समन्वय कायम गर्ने,
(ग) अदालतको फैसला बमोजिम स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत:कर्मचारी तथा स्वास्थ्य संस्थाको तर्पmबाट
सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिने,
(घ) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीतिका
सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(घ१) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षामा प्रतिकूल हुने गरी कुनै स्वास्थ्य संस्थामा घटेका घटनाका सम्बन्धमा जाँचबुझ गर्ने वा गराउने वा अनुसन्धानमा सहयोग पुय्याउने,
(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।