दफा ५१
समितिको काम, कर्तव्य र अधिकार
: (१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) नागरिकको स्वास्थ्य सुरक्षा, सम्वर्द्धन र सुधार सम्बन्धी स्वास्थ्यमा बहुक्षेत्रीय आयामको अवधारणा अनुरूप मार्गनिर्देशन, अनुगमन, नीति निर्माण गर्ने,
(ख)   स्वास्थ्यका बृहद सामाजिक निर्धारकहरूलाई सम्बोधन गर्न नेपाल सरकारका अन्य सबै नीतिहरूमा स्वास्थ्य नीति अवलम्बन गर्ने गराउने,
(ग)   स्वास्थ्य सेवाको क्षेत्रमा समानुपातिक वितरणको आधारमा बहुक्षेत्रिय लक्ष्य एवं प्राथमिकता निर्धारण गर्ने,
(घ)   स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारी समन्वयको व्यवस्था गर्ने,
(ङ)   जनस्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय नीति, रणनीति तथा प्रतिबद्धतालाई नेपालको राष्ट्रिय हितमा लागू गर्न सहकार्य, समन्वय तथा अनुगमन गर्ने,
(च)   विभिन्न प्रयोजनका लागि प्रयोग हुने विषादिको नियन्त्रण गर्न र सडक तथा यातायातजन्य दुर्घटना न्यूनीकरण गर्न आवश्यक नीति निर्माण गर्न र व्यवसायजन्य स्वास्थ्य सम्बन्धित मापदण्ड तयार गर्न नेपाल सरकारलाई सुझाव दिने,
(छ)   स्थानीय स्तरका विद्यालयमा प्राथमिक उपचार र स्वास्थ्य शिक्षाको प्रवर्द्धन गर्न जनस्वास्थ्यकर्मीको व्यवस्था गर्न आवश्यक सुझाव दिने,
(ज)   नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने।
(२) समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ।