दफा १७
समितिको काम, कर्तव्य र अधिकार
समितिको-काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) तेजाब वा अन्य घातक रासायनिक पदार्थको व्यवस्थापनको लागि आवश्यक पर्ने नीति निर्धारण सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ख) तेजाब वा अन्य घातक रासायनिक पदार्थको सुरक्षित उपयोग, त्यस्ता पदार्थको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा दुर्घटना भएको अवस्थामा क्षति कम गर्न अपनाउनु पर्ने उपायको बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने वा गराउने,
(ग) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, भण्डारण, ढुवानी, बिक्री वितरण, नष्ट वा विसर्जनको कार्यविधि र मापदण्ड बनाई मन्त्रालय समक्ष सिफारिस गर्ने,
(घ) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने ।