नियम १५१
समितिको कार्यावधि र सभापति तथा सदस्यको पद रिक्त हुने अवस्था
(१) नियम १४७ बमोजिमका प्रत्येक समितिको कार्यावधि दुई वर्षको हुनेछ । (२) अध्यक्षले राष्ट्रिय सभाको सहमति लिई सदस्यको हेरफेर वा थपघट गर्न सक्नेछ । (३) समितिको सभापति पद देहायको कुनै अवस्थामा रिक्त हुनेछ ः– (क) समितिको सदस्य नरहेमा, (ख) मन्त्री भएमा, (ग) राजीनामा दिएमा, (घ) समितिको कार्यावधि समाप्त भएमा, वा (ङ) आफ्नो पदको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको छैन भनी सम्बन्धित समितिका सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतले प्रस्ताव पारित गरेमा । (४) समितिको सदस्यको पद देहायको कुनै अवस्थामा रिक्त हुनेछ ः- (क)   राष्ट्रिय सभाको सदस्य नरहेमा, (ख) मन्त्री भएमा, (ग) उपनियम (२) बमोजिम हेरफेर भई सदस्य नरहेमा । (५) समितिको सदस्यको पद रिक्त हुन आएमा नियम १४९ को उपनियम (१) र सभापतिको पद रिक्त हुन आएमा नियम १५० बमोजिम बाँकी अवधिका लागि पूर्ति गरिनेछ ।