दफा २४
समितिको कोष
(१) समितिको आफ्नो एउटा छुट्टै कोष रहनेछ र ऋण र अनुदान लगायत
समितिले प्राप्त गर्ने सबै रकम सोही कोषमा जम्मा गरिनेछ र समितिको तर्फबाट खर्च गर्नु
पर्ने पनि सोही कोषबाट बेहोरिने छ ।
(२) कोषको सबै रकम नेपाल राष्ट्र बैंक वा नेपाल सरकारले अनुमती दिएका अरु
बैंकमा जम्मा गरिने छ ।
(३) यस ऐन र यस ऐन अन्तर्गत बनेका नियमबाट अधिकृत कार्यहरूको निमित्त
उचित ठहरिएको रकम खर्च गर्ने बोर्डलाई अधिकार हुनेछ ।