दफा
समितिको कोष

९. समितिको कोषः

(१) समितिको एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः– पहिलो संशोधनद्वारा संशोधित ।

(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संघ संस्थाबाट प्राप्त रकम,
(ग) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

(३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि समितिले अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) समितिले उपदफा (१) बमोजिमको कोषमा रहने रकम बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न स्थापना भएको “क” वर्गको इजाजत प्राप्त कुनै बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(५) समितिको नामबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) उपदफा (१) बमोजिमको कोषको सञ्चालन अध्यक्ष र समितिको लेखा सम्बन्धी काम गर्ने कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।