दफा ८
समितिको कोष
(१) समितिको आफ्नो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने शर्त तथा प्रक्रिया, २०६५ को दफा १९ को उपदफा (
२) बमोजिम जम्मा हुनेरकम,
(ग) कुनै व्यक्ति वा संस्थाबाट प्राप्त रकम,
(घ) विदेशी सरकार वा व्यक्ति वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नु पूर्व समितिले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) कोषलाई आवर्ति (रिभल्विङ्ग) कोषको रूपमा सञ्चालन गरिनेछ ।
(५) समितिले उपदफा (१) बमोजिमको कोषमा रहने रकम नेपालभित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(६) समितिको नामबाट गरिने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि कोषको कूल वार्षिक आम्दानीको दश प्रतिशतसम्मको रकम समितिको कार्यालय सञ्चालनको लागि उपयोग गर्न सकिनेछ ।
(८) समितिको कोषको सञ्चालन तोकिएबमोजिम हुनेछ ।