दफा ५
समितिको कोष
(१) दफा ३ वा ३क अन्तर्गत गठन गरिएको समितिको कोषमा देहायका कुरा सम्मिलित हुनेछ :
(क)नेपाल सरकार वा अरु कुनै गैर सरकारी व्यक्तिले प्रदान गरेको रुपैयाँ, र
(ख)कुनै विदेशी एजेन्सीले नेपाल सरकारद्वारा दिएको कोष ।
(२) समिति गठन गर्नको निमित्त निकालिएको आदेशमा तोकिएका काममा कार्यक्रमहरु कार्यािन्वत गर्नको निमित्त समितिको रुपैयाँर कोष उपयोग गरिनेछ ।
(३) समितिले आफूले बनाएको नियममा तोकिएको कार्यक्रम र कार्यप्रणाली बमोजिम काम गर्नेछ र सोही बमोजिम हिसाब किताब पनि राख्नेछ ।
तर दफा ३ अन्तर्गत निकालिएको आदेश बमोजिमका समितिले बनाएका नियमहरुमा नेपाल सरकारको सम्बन्धित मन्त्रालय र दफा ३क. अन्तर्गत निकालिएको आदेश बमोजिमका समितिले बनाएका नियमहरुमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।”