दफा
समितिको गठन र सञ्चालकको कार्यविधि
: (१) सञ्चालक समितिमा नौजना सञ्चालकहरू रहनेछन् र जसमध्ये पाँच जना सञ्चालकहरू नेपाल सरकारद्वारा मनोनीत हुनेछन् र बांकी चारजना सञ्चालकहरू शेयरहोल्डरहरूको साधारण सभाबाट निर्वाचित हुनेछन्।
(२) साधारण सभाद्वारा निर्वाचित हुने व्यवस्था नभएसम्म बांकी चारजना सञ्चालक पनि नेपाल सरकारबाट मनोनीत हुनेछन्।
(३) समितिको सभापति पदमा सञ्चालकहरूमध्ये एक जनालाई नेपाल सरकारले नियुक्त गर्नेछ ।
(४) उपदफा (१) बमोजिम मनोनीत भएका सञ्चालकहरू नेपाल सरकारले अगावै खारेज गरेमा बाहेक साधारणतः नियुक्तिपत्रमा उल्लिखित अवधिभर आफ्नोे पदमा बहाल रहनेछन्।
(५) उपदफा (२) बमोजिम मनोनीत सञ्चालकहरूको कार्यअवधि नेपाल सरकारको इच्छा अनुसार हुनेछ ।
तर,
(क) साधारण सभाबाट सञ्चालकहरूको निर्वाचन भई निजहरूले आफ्नोे कार्यभार लिएपछि ती मनोनीत सञ्चालकहरू स्वतः खारेज हुनेछन्।
(ख) त्यसरी खारेज भएका व्यक्तिलाई सञ्चालकमा निर्वाचित गर्न यस उपदफाको कुनै कुराले वाधा पु¥याउने छैन ।
(६) निर्वाचित सञ्चालकहरूको कार्यअवधि तीन वर्षको हुनेछ । कार्यअवधि सकिएपछि निज पुन सञ्चालकमा निर्वाचित हुन सक्नेछ ।