दफा
समितिको गठन

३. ३. समितिको गठनः

(१) नेपाल सरकारले बादी समुदायको उत्थान सम्बन्धी कार्य गर्न बादी समुदाय उत्थान विकास समिति नामको एक समिति गठन गरेको छ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
(क) स्थानीय विकास मन्त्री वा राज्य मन्त्री – अध्यक्ष
(ख) बादी समुदायको विकासको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका बादी समुदायका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति – उपाध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (सम्बन्धित विषय हेर्ने) – सदस्य
(घ) सह–सचिव, स्थानीय विकास मन्त्रालय – सदस्य
(ङ) सह–सचिव, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय – सदस्य
(च) बादी समुदायको विकासको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका बादी समुदायका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनित दुई जना महिलासहित पाँच जना – सदस्य
(छ) बादी समुदायको विकासमा संलग्न संघ– संस्थाको प्रतिनिधित्व हुने गरी त्यस्ता संघ संस्थाको प्रमुखहरूमध्येबाट नेपाल सरकारबाट मनोनित दुई जना – सदस्य
(ज) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) मनोनित सदस्यहरूको पदावधि बढीमा चार वर्षको हुनेछ ।