२. २. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “उपाध्यक्ष” भन्नाले दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारबाट मनोनित उपाध्यक्ष सम्झनु पर्छ ।
(ग) “कार्यकारी निर्देशक” भन्नाले दफा ७ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ङ) “बादी समुदाय” भन्नाले परम्परादेखि नाचगान लगायतका व्यवसाय सञ्चालन गरी सोही व्यवसाय र पहिचानका आधारमा जीविकोपार्जन गरिरहेका आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदाय सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा उपाध्यक्ष समेतलाई जनाउँछ ।
(छ) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको बादी समुदाय उत्थान विकास समिति सम्झनु पर्छ ।