दफा
समितिको गठन

३. समितिको गठनः

(१) मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कार्य समेत गर्नको लागि मानव अङ्ग प्रत्यारोपण विकास समिति नामको एक समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ ः–

(क) नेपाल सरकारले तोकेको स्वास्थ्य सेवाको विशिष्ट श्रेणी सरहको कर्मचारी –अध्यक्ष
(ख) मन्त्रालयले तोकेको स्वास्थ्य सेवाको एघारौँ तहको कर्मचारी (चिकित्सक) –सदस्य
(ग) मानव अङ्ग प्रत्यारोपणसँग सम्बन्धित चिकित्सकहरू मध्येबाट दुई जना –सदस्य
(घ) मानव अङ्ग प्रत्यारोपणसँग सम्बन्धित संस्थाहरू मध्येबाट एकजना –सदस्य
(ङ) मानव अङ्ग प्रदान तथा ग्रहण गर्ने व्यक्तिहरूमध्येबाट एकजना –सदस्य
(च) कार्यकारी निर्देशक –सदस्य–सचिव

(३) उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरूको मनोनयन मन्त्रालयले गर्नेछ ।
(४) मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यले आफ्नो पद अनुरुप काम नगरेमा मन्त्रालयले निजलाई जनसुकै बखत हटाउन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम सदस्यबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौका दिईनेछ ।