(१) कोषको तर्फबाट सम्पूर्ण काम कारवाही गर्नको लागि एक कोष सञ्चालक समिति रहनेछ ।
(२) उपनियमम (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहने छन्:–
(क) मन्त्रालयको सचिव – अध्यक्ष
(ख) विभागको महानिर्देशक – सदस्य
(ग) प्रमुख, नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा, मन्त्रालय – सदस्य
(घ) प्रमुख, मानव संशाधन तथा वित्तीय स्रोत व्यवस्थापन महाशाखा, मन्त्रालय – सदस्य
(ङ) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(च) सहसचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – सदस्य
(छ) सहसचिव, शिक्षा मन्त्रालय – सदस्य
(ज) खोप कार्यक्रममा संलग्न व्यक्ति वा गैर सरकारी संस्थाहरु मध्येबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयबाट मनोनीत कम्तीमा एकजना महिला सहित तीनजना – सदस्य
(झ) निर्देशक, बाल स्वास्थ्य महाशाखा, स्वास्थ्य सेवा विभाग – सदस्य–सचिव
(३) उपनियम (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले पदीय जिम्मेवारी पूरा नगरेम मन्त्रालयले निजलाई जुनसुकै बखत सदस्यबाट हटाउन सक्नेछ । तर त्यसरी सदस्यबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।