(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम अस्पताललाई भएको सम्पूर्ण काम, कर्तव्य तथा अधिकारको प्रयोग गरी अस्पतालको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि देहाय बमोजिमको एक सञ्चालक समितिको गठन हुनेछ :–
(क) मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको वा मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा बीस वर्षको अनुभवप्राप्त वरिष्ठ चिकित्सकहरूमध्येबाट नेपाल सरकारद्वारा मनोनीत चिकित्सक – अध्यक्ष
(ख) –सदस्य
(ग) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव वा निजले तोकेको सो मन्त्रालयको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत –सदस्य
(घ) अर्थ मन्त्रालयको सचिव वा निजले तोकेको सो मन्त्रालयको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत –सदस्य
(ङ) प्रमुख, भरतपुर नगरपालिका –सदस्य
(च) क्यान्सर रोगको क्षेत्रमा संलग्न चिकित्सकमध्येबाट दलित, जनजाति तथा मधेशीको प्रतिनिधित्व हुने गरी कम्तीमा दुईजना महिला सहित नेपाल सरकारले मनोनयन गरेका चारजना –सदस्य
(छ) अस्पतालमा कार्यरत चिकित्सकमध्येबाट उपलब्ध भएसम्म एकजना महिला रहने गरी
समितिले मनोनयन गरेका दुईजना –सदस्य
(ज) सामाजिक सेवाको क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्तिहरूमध्येबाट कम्तीमा एकजना महिला सहित नेपाल सरकारले मनोनयन गरेका
दुईजना –सदस्य
(झ) प्रतिनिधि, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् –सदस्य
(ञ) कार्यकारी निर्देशक – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यले इमान्दारीपूर्वक काम नगरेमा वा आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा निजमा कार्यक्षमताको अभाव भएमा नेपाल सरकारले त्यस्तो सदस्यलाई जुनसुकै बखत सदस्यबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
(४) समितिले आवश्यक देखेमा सम्बन्धित विषयको कुनै विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।