दफा
समितिको गठन

३. समितिको गठनः

(१) सलहेश क्षेत्रलाई पर्यटन व्यवसायको रुपमा विकास गर्न सलहेश क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति नामको एउटा समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ ः–

(क) सलहेश क्षेत्रमा स्थायी बसोवास गरेका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति –अध्यक्ष
(ख) सलहेश क्षेत्रका जिल्ला प्रशासन कार्यालयका प्रमुख –सदस्य जिल्ला अधिकारीहरु
(ग) सलहेश क्षेत्रका जिल्ला विकास समितिका सभापतिहरु –सदस्य
(घ) सलहेश क्षेत्रको नगरपालिकाका प्रमुखहरु –सदस्य
(ङ) सलहेश क्षेत्रका जिल्लास्तरीय नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरु –सदस्य
(च) पर्यटनसँग सम्बन्धित व्यवसायी, समाजसेवी वा  वुद्धिजीवीहरु मध्ये सलहेश क्षेत्रका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी कम्तीमा एकजना महिला सहित  मन्त्रालयले मनोनीत गरेका दुई जना –सदस्य
(छ) कार्यकारी निर्देशक –सदस्य– सचिव

(३) उपदफा (२) को खण्ड (ख), (ग), (घ) र (ङ) मा जुनसुकै कुरा लेखिएको भएतापनि सो खण्डहरु बमोजिम विभिन्न जिल्लाबाट समितिमा प्रतिनिधित्व गर्ने प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समितिका सभापति, नगरपालिकाका प्रमुख र नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिमध्ये मन्त्रालयले तोकिदिए बमोजिमका जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समितिका सभापति, नगरपालिकाका प्रमुख र नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिले प्रत्येक वर्षको लागि पालैपालो समितिको सदस्य भई काम गर्नेछन् ।
(४) अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्ष तथा मनोनीत सदस्यले आफ्नोे पद अनुरुप काम नगरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत अध्यक्ष तथा सदस्यको पदबाट हटाउन सक्नेछ । तर त्यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।