नियम ११५
समितिको प्रतिवेदन
समितिमा विधेयकमाथि दफावार छलफल समाप्त भई नियम ११२ को कार्यविधि पूरा भएपछि सम्बन्धित समितिले गरेको निर्णयको प्रतिवेदन तयार गरी सभापतिले वा निजको अनुपस्थितिमा अध्यक्षले तोकेको सम्बन्धित समितिको अन्य कुनै सदस्यले प्रतिवेदन सहितको विधेयक बैठकमा पेश गर्नेछ । प्रतिवेदन बैठकमा पेश गर्ने सम्बन्धमा परिच्छेद–१८ मा उल्लेख भएका व्यवस्था यस परिच्छेदमा पनि लागू हुनेछ ।