दफा १३
समितिको बैठक
: (१) तोकिएको समय र स्थानमा समितिको बैठक बस्ने छ र समितिको बैठकको कार्यविधि तोकिए बमोजिम हुनेछ । सभापतिको अनुपस्थितिमा सञ्चालकहरूले आफूहरूमध्येबाट छानेको सञ्चालकले समितिको बैठकको सभापतित्व गर्नेछ ।
(२) समितिमा तत्काल कायम रहेका सदस्यहरूको कूल संख्याको आधिभन्दा बढी सदस्यहरू वैठकमा उपस्थित भएमा समितिको गणपूरक संख्या पुगेको मान्नुपर्छ र गणपूरक संख्या नपुगेमा सो बैठक स्थगित गरिनेछ ।
(३) समितिको बैठकमा उपस्थित भई मतदिने सञ्चालकहरूको बहुमतबाट सबै कुराको निर्णय हुनेछ । सभापतित्व गर्ने सञ्चालकले साधारणतयाः मत दिन पाउने छैन, तर मत बराबर भएमा निर्णयात्मक मत दिन पाउनेछ ।