नियम
समितिको बैठक

(१) समितिको बैठक छ महिनामा एक पटकमा नघटाई आवश्यकता अनुसार बस्नेछ ।
(२) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।
(३) समितिको बैठकमा छलफल हुने विषय सहितको सूचना समितिको सदस्य– सचिवले बैठक बस्नु अगावै लिखित रुपमा सबै सदस्यलाई दिनु पर्नेछ ।
(४) समितिको बैठकमा पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या भएको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले र निजको अनुपस्थितिमा समितिको सह–अध्यक्षले गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिले कुनै विशेषज्ञ वा दातृसंस्थाका प्रतिनिधिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) समितिको बैठकको निर्णय समितिको सदस्य–सचिवले प्रमाणित गरी राख्नु पर्नेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।