दफा
समितिको बैठक

(१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा वर्षको कम्तीमा दुईपटक बस्नेछ ।
(२) समितिको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा सदस्यहरुले आफू मध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(४) समितिको निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कुराहरु समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।