नियम ९१
समितिको व्यवस्था
(१) व्यवस्थापिका–संसदको वा सरकारी कामको सिलसिलामा दुर्घटनामा परी कुनै कर्मचारीको मृत्यु भएमा वा चोट पटक लागी उपचार गर्नु परेमा वा आजीवन अशक्त भएमा निजले वा निजको परिवार वा सन्ततिले पाउने वृत्ति वा उपदानको सम्बन्धमा सिफारिस गर्न देहायका सदस्यहरू भएको समिति रहनेछ ः-
(क) महासचिव – अध्यक्ष
(ख) सचिव – सदस्य
(ग) सचिवालय सचिव – सदस्य
(घ) स्वास्थ्य मन्त्रालयले तोकेको वरिष्ठ चिकित्सक – सदस्य
(ङ) प्रशासन महाशाखा हेर्ने सह सचिव – सदस्य सचिव
(२) उपनियम (१) बमोजिमको समितिलाई व्यवस्थापिका–संसदको वा सरकारी कामको सिलसिलामा चोटपटक लागेको हो वा होइन वा मृत्यु भएको हो वा होइन भन्ने सम्बन्धमा सिफारिस गर्ने अधिकार हुनेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले सिफारिस गर्दा देहायका कागजातहरूकोे आधारमा गर्नु पर्नेछ ः–
(क) व्यवस्थापिका–संसदको वा सरकारी कामको लागि खटाएको प्रमाण वा भ्रमण आदेश,
(ख) सर्जमिन मुचुल्का वा प्रहरी प्रतिवेदन,
(ग) उपचार गराएको अस्पतालको कागजात वा विल,
(४) नियम ८८ को उपनियम (२) बमोजिम थप विरामी बिदा स्वीकृत गर्दा समेत उपनियम (१) बमोजिमको समितिको सिफारिसलाई आधार मानिनेछ ।
स्पष्टीकरण :- यस नियमावलीको प्रयोजनको लागि ‘व्यवस्थापिका—संसदको वा
सरकारी कामको सिलसिला’ भन्नाले अन्यथा प्रमाणित भएमा बाहेक देहायको अवस्थालाई
जनाउनेछ :—
(क) कुनै पनि बेला कार्यालय जाँदा र कार्यालयबाट फर्किँदा वा कार्यालय समय भित्र वा बाहिर कुनै पनि स्थानमा कार्यालयको काम काजमा खटिएको अवस्था,
(ख) सरकारी काम काजको लागि अन्यत्र काज खटिई गएको अवस्थामा काज अवधिभर ।