दफा
समितिको स्थापना-
(१) बिरुवा तथा बिरुवाजन्य उपजको क्वारेन्टाइन नीतिका सम्बन्धमा नेपाल सरकारलाई राय, सुझाब दिन एक प्लाण्ट क्वारेन्टाइन समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्य रहनेछन् ः–
(क)         सचिव, कृषि तथा पशुपंक्षी विकास      मन्त्रालय -अध्यक्ष
(ख) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (विश्व व्यापार सङ्गठन हेर्ने) – सदस्य
(ग)          सहसचिव, वन तथा वातावरण  मन्त्रालय          -सदस्य
(घ) महानिर्देशक, भन्सार विभाग – सदस्य
(ङ) कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(च) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ – सदस्य
(छ) नेपाल सरकारले मनोनीत गरेका एकजना महिला सहित
दुईजना विषेशज्ञ – सदस्य
(ज) विषयगत अनुभव भएका कृषक मध्ये नेपाल सरकारले मनोनयन
गरेका कम्तीमा एकजना महिला सहित तीनजना व्यक्ति – सदस्य
(झ) प्रमुख, राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन – सदस्य
(ञ) प्रमुख, राष्ट्रिय प्लाण्ट क्वारेन्टाइन कार्यक्रम – सदस्य–सचिव
(३) उपदफा २ को खण्ड (छ) र (ज) बमोजिमका सदस्यको पदावधि तीन वर्षको हुनेछ ।