नियम ३७
समुदायले मेलमिलापकर्ताको समूह तयार गर्नु पर्ने
(१) कुनै समुदायले प्रचलित कानून बमोजिम मिलापत्र हुन सक्ने विवाद समुदायमा आधारित मेलमिलाप सम्बन्धी संयन्त्रद्वारा समाधान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने प्रयोजनको लागि ऐनको दफा ३३ को उपदफा (३) वा (४) बमोजिमका व्यक्तिहरु समावेश भएको मेलमिलापकर्ताको समूह तयार गरी मेलमिलाप सम्बन्धी कार्य गर्नु अघि स्थानीय निकायमा सोको जानकारी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ताको समूह तयार गर्दा समुदायले नियम ४६ बमोजिमको अवधिको तालीम लिएका स्थानीय व्यक्तिलाई प्राथमिकता दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको समूहमा रहने मेलमिलापकर्ताको सूची समुदायले प्रत्येक वर्ष अद्यावधिक गरी राख्नु पर्नेछ ।