(१) यी नियमहरु प्रारम्भ हुंदाका बखत नेपाल कृषि सेवाको एग्री एक्सटेन्सन समूह, हर्टिकल्चर समूह, फिसरिज समूह, लाइभष्टक, पोल्ट्री एण्ड डेरीvडेभलपमेण्ट समूह, एग्रोनोमी समूह, स्वायल साइन्स समूह, भेटेरिनरी समूह र एग्री इन्जिनियरिङ समूहमा समूहीकृत भै कार्यरत रहेका कर्मचारीहरु तत्तत् समूहमा समहीकृत भएका मानिनेछन्।
(२) यी नियमहरु प्रारम्भ हुंदाका बखत नेपाल कृषि सेवाका देहायका समूहमा कार्यरत कर्मचारीहरुलाई देहायका समूहमा समूहीकृत गरिएकोछ :–
(क) प्लान्ट प्याथोलोजी समूह र एन्टोमोलोजी समूहमा कार्यरत कर्मचारीहरुलाई प्लान्ट प्रोटेक्सन समूहमा,
(ख) एग्री इकोनोमिक्स, मार्केटिङ एण्ड स्टाटिस्टिक्स समूहमा कार्यरत कर्मचारीहरुलाई एग्री इकोनोमिक्स एण्ड मार्केटिङ समूहमा,
(ग) पूट प्रोसेसिङ ऐनालिसिस एण्ड न्यूट्रिशन समूहमा कार्यरत कर्मचारीहरुलाई पूड न्यूट्रिशन एण्ड क्वालिटी कन्ट्रोल समूहमा ।