(१) यी नियमहरु प्रारम्भ हु“दाको वखत लेखा समूह, राजश्व समूह र हुलाक समूहमा समूहीकृत भई कार्यरत रहेका कर्मचारीहरु तत् तत् समूहमा समूहीकृत भएका मानिनेछन् ।
(२) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाल प्रशासन सेवामा कार्यरत कर्मचारीहरुमध्ये विशिष्ट श्रेणी र उपनियम (१) बमोजिमका कर्मचारीहरु वाहेक अन्य श्रेणीका कर्मचारीहरु स्वतः सामान्य प्रशासन समूहमा समूहीकृत भएका
मानिनेछन् ।
तर परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभाग तथा नियोगहरुमा कार्यरत अन्यत्रबाट काजमा खटिई आएका बाहेक) नेपाल प्रशासन सेवा (परराष्ट्र) का राजपत्राङ्कित कर्मचारीहरु तथा राजपत्र अनड्ढित कर्मचारीहरु कुटनैतिक समूहमा
समूहीकृत भएका मानिनेछन् ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल प्रशासन सेवा हुलाक समूहमा कार्यरत कर्मचारीहरु यो उपनियम प्रारम्भ भए पछि नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा समूहीकृत हुनेछन् ।