दफा १२
सम्झौता गर्नु पर्ने
(१) संस्थाले आफ्नो सेवा सञ्चालन गर्नु अघि यस ऐन बमोजिम वित्तीय कारोबारको समाशोधन, फर्स्यौट, हिसाब मिलान वा दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि कुनै सेटलमेण्ट बैङ्कसँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ।
(२) संस्थाले उपदफा (१) बमोजिम सम्झौता गरेको सेटलमेण्ट बैङ्कमा यस ऐन बमोजिम गरिने भुक्तानी तथा फर्स्यौट कारोबारको लागि छुट्टै खाता खोल्नु पर्नेछ।