नियम १६
सम्झौता गर्ने
(१) नियम १४ वा नियम १५ को उपनियम (५) बमोजिम सफलतापूर्वक
वार्ता सम्पन्न भएकोमा बोर्डको स्वीकृति लिई कार्यालयले बोर्डको तर्फबाट सम्बन्धित
लगानीकर्तासँग परियोजना लगानी सम्झौता गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सम्झौतामा अन्य कुराको अतिरिक्त बोर्डबाट
स्वीकृत लगानीका शर्तहरू उल्लेख गरिने छन् ।
(३) उपनियम (१) बमोजिम सम्झौता भएकोमा बोर्डले ऐन बमोजिम परियोजना
लगानी स्वीकृत गरेको मानिनेछ ।
(४) उपनियम (३) बमोजिम लगानी स्वीकृत भएको परियोजनाको
लगानीकर्तालाई यस नियम बमोजिम भएको सम्झौता सहित निजले बोर्डसमक्ष निवेदन
गरेमा बोर्डले नियम १९ को उपनियम (४) बमोजिम लगानी अनुमतिपत्र दिनेछ ।