दफा १२
सम्झौता रद्द गर्नु पर्ने
(१) दफा ९ बमोजिम बोर्डले सेवा प्रदायकसँग गरेको सम्झौता देहायको अवस्थामा रद्द गर्नेछ:-
(क) निजले दफा ९ को उपदफा (५) बमोजिमको अवधिभित्र सम्झौता नवीकरण नगरेमा,
(ख) निजले सम्झौता अनुसार बीमितलाइ सेवा प्रदान नगरेमा,
(ग) निजले सम्झौतामा उल्लिखित शर्त बारम्बार उल्लङ्घन गरेमा,
(घ) निजले पालना गर्नु पर्ने राष्ट्रिय उपचार पद्धति नअपनाएमा,
(ङ) निजले झुट्टा कागजात वा विवरण बनाई भुक्तानी माग गरेमा,
(च) बोर्डले निर्धारण गरेका मापदण्ड वा सेवाका अन्य शर्त पालना नगरेमा,
(छ) तोकिए बमोजिमका अन्य आधारमा ।
(२) उपदफा (१) बमोजिम सम्झौता रद्द गर्नु अघि बोर्डले सम्बन्धित सेवा प्रदायकलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।