नियम १९
सम्झौता स्थगन वा रद्द गर्न सकिने
: (१) बोर्डले देहायका अवस्थामा सेवा -प्रदायकसँगको सम्झौता स्थगन वा रद्द गर्न सक्नेछ :-

(क) सम्झौता बमोजिमको सेवा उपलब्ध नगराएमा,

(ख) अभिलेख अद्यावधिक गरेको नदेखिएमा वा झुठा प्रतिवेदन पेश गरेमा,

(ग) कार्यक्रम सञ्चालनमा लापरबाही गरेमा वा आफनो संस्थामा त्यस्तो सेवा उपलब्ध हुँदाहुँदै अन्यत्र प्रेषण गरेमा, (घ) बोर्डले आफैं वा बोर्डले गठन गरेको तेस्रो पक्ष सम्मिलित मूल्याङ्कनबाट उठाइएका बिषयहरु सेवा प्रदायकले निर्धारित समयावधिभित्र पूरा नगरेमा ।

(२) उपनियम (१) बमोजिम सम्झौता स्थगन वा रद्द गर्नु अघि बोर्डले सम्बन्धित सेवा प्रदायकलाई सफाइ पेश गर्न मनासिब माफिकको मौका दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम पेश भएको सफाइ सन्तोषजनक नदेखिएमा बोर्डले तीन महिनाको लागि सम्झौता स्थगन गर्न वा पूर्णरुपमा रद्द गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिम सम्झौता स्थगन वा रद्द भएको सेवा प्रदायकले सेवा प्रवाहमा सन्तोषजनक सुधार गरेको पर्याप्त आधार सहित निवेदन दिएमा बोर्डले आवश्यक छानबिन गरी सम्झौता बमोजिमका सेवा पुन सुचारु हुने कुरामा बोर्ड विश्वस्त भएमा-स्थगन वा रद्द भएको सम्झौता फुकुवा गर्न वा पुन सम्झौता गर्न सक्नेछ ।