नियम
सम्पत्ति विवरण

(१) प्रत्येक सरकारी कार्यालय, सार्वजनिक संस्था वा अन्य निकायले आफ्नो आफ्नो कार्यालय, संस्था वा निकायमा कार्यरत सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ऐनको दफा ५० बमोजिम तोकिएको म्यादभित्र सम्पत्ति विवरण पेश गर्न लगाउनु पर्नेछ ।
(२) मन्त्रालय वा केन्द्रीय स्तर मातहतको सरकारी कार्यालय, सार्वजनिक संस्था वा निकायले उपनियम (१) बमोजिमको म्यादभित्र सम्पत्ति विवरण पेश गर्ने तथा नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिको नाम पद सहितको विवरण खुलाई त्यस्तो म्याद समाप्त भएको एक महिनाभित्र सम्बन्धित मन्त्रालय वा केन्द्रीय स्तरको निकाय समक्ष पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित मन्त्रालय वा केन्द्रीयस्तरको निकायले सो उपनियम बमोजिमको म्याद समाप्त भएको मितिले एक महिनाभित्र आफ्नो कार्यालय र मातहतको सरकारी कार्यालय, सार्वजनिक संस्था वा निकायबाट प्राप्त विवरण केन्द्रमा पठाउनु पर्नेछ ।