दफा १०४
सम्पत्ति, दायित्व तथा बजेटको स्थानान्तरण
नेपाल सरकारका विषयगत मन्त्रालयले संविधान र यस ऐन बमोजिम गाउँपालिका तथा नगरपालिकालाई प्राप्त अधिकारलाई आधार मानी यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र आफू मातहतका निकायहरूको सगंठनात्मक संरचना पुनरावलोकन गरी गाउँपालिका वा नगरपालिकाको कार्य जिम्मेवारी अनुसार सम्बन्धित निकायको
नाममा रहेको सम्पत्ति, दायित्व तथा बजेट सम्बन्धित गाउपालिका वा नगरपालिकामा स्थानान्तरण हुने गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ ।