नियम १५
सम्पादक, प्रेस प्रतिनिधि तथा स्वतन्त्र पत्रकारको योग्यता
सम्पादक, प्रेस प्रतिनिधि वा
स्वतन्त्र पत्रकार हुनको लागि देहाय बमोजिमको योग्यता हुनु पर्नेछ ।
(१) सम्पादक हुनको लागि –
(क) नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट स्नातक वा सो
सरहको परीक्षा उत्तीर्ण गरेको, वा
(ख) नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा
उत्तीर्ण भई नियमित रूपमा प्रकाशित हुने कुनै समाचार प्रधान दैनिक, अर्ध
साप्ताहिक, साप्ताहिक वा पाक्षिक पत्रपत्रिका वा समाचार समितिमा
समाचार सङ्कलन तथा सम्पादन सम्बन्धमा कम्तीमा दश वर्षसम्म काम
गरेकोे ।
(२) प्रेस प्रतिनिधि वा अस्थायी प्रेस प्रतिनिधि हुनको लागि –
(क) नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट प्रवेशिका वा सो
सरहको परीक्षा उत्तीर्ण गरेको, वा
(ख) समाचार सङ्कलन वा रिपोर्टि· सम्बन्धमा कम्तीमा पा“चवर्ष काम गरेको ।
(३) स्वतन्त्र पत्रकारको लागि –
(क) नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट पत्रकारिता सम्बन्धी
विषयमा स्नातक परीक्षा उत्तीर्ण भई दश वर्ष वा सो भन्दा बढी अवधिसम्म
पत्रपत्रिकाको सम्पादन वा स्तम्भ लेखनको काम गरेको, वा
(ख) नेपाल सरकारबाट मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट स्नातक वा सो
सरहको परीक्षा उत्तीर्ण भई पन्ध्र वर्ष वा सो भन्दा वढी अवधिसम्म
पत्रपत्रिकाको सम्पादन वा स्तम्भ लेखनको काम गरेको ।
 
 
 पहिलो संशोधनद्वारा झिकिएको ।