नियम
सम्बन्धन खारेजी
(१) ऐनको दफा १४-को उपदफा (१) को अवस्थाको कारण कुनै शिक्षण संस्था वा शैक्षिक कार्यक्रमको सम्बन्धन खारेज गर्नु पर्ने देखिएमा आयोगले त्यस्तो शिक्षण संस्थाको वा त्यस्तो संस्थाको एक वा एक भन्दा बढी शैक्षिक कार्यक्रम खारेजीका लागि सम्बन्धित विश्वविद्यालयलाई सिफारिस गर्नेछ।

(२) उपनियम (१) बमोजिम सिफारिस गर्नु अघि ऐनको दफा १४ को उपदफा (१) बमोजिमको अवस्था भए वा नभएको यकीन गर्न आवश्यक देखिएमा आयोगले आफैं वा सम्बन्धित विज्ञद्वारा जाँचबुझ गराउन सक्नेछ।

(३) सम्बन्धन खारेजी भएको शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूको अध्ययन पूरा गराउने दायित्व र अन्य आर्थिक दायित्व सम्बन्धन खारेज भएको शिक्षण संस्थाको हुनेछ।

(४) उपनियम (३) बमोजिमको दायित्व शिक्षण संस्थाले पूरा नगरेमा त्यस्तो दायित्व सो संस्थाका सञूचालकहरूबाट व्यहोर्न लगाइनेछ।