नियम
सम्बन्धित मन्त्रालयसँग परामर्श
कुनै विषय वा काम एकभन्दा बढी मन्त्रालयसँग सम्बन्धित भएमा देहायको
कार्यविधि पूरा नगरी सो विषयमा कुनै निर्णय गर्न वा आदेश दिन वा कुनै सूचना प्रकाशन गर्न हुँदैन ः—
(क) नियम ३१ बमोजिमको मन्त्रिपरिषद्को समितिमा प्रस्तुत गर्नु पर्ने कुरा भए सो समितिमा प्रस्तुत
नगरी, वा
(ख) मन्त्रिपरिषद्मा पेश गर्नु पर्ने विषय बाहेक अन्य कुरामा सम्बन्धित मन्त्रालयको सहमति हुन
नसकेमा प्रधानमन्त्रीबाट निकासा नभई ।
स्पष्टीकरणः कुनै एक मन्त्रालयबाट हुने निर्णय वा आदेशले अर्काे मन्त्रालयलाई तोकिएको कार्यमा असर पर्ने
भएमा त्यस्तो विषय एकभन्दा बढी मन्त्रालयसँग सम्बन्धित भएको सम्झनु पर्छ ।