नियम ४५
सम्भाव्यता न्युन परिपूरक कोषको सञ्चालन तथा व्यवस्थापन
(१) सम्भाव्यता न्यून परिपूरक कोषको सञ्चालन तथा व्यवस्थापन बोर्डले गर्नेछ ।
(२) सम्भाव्यता न्यून परिपूरक कोषको रकम प्रचलित कानून बमोजिम स्थापित "क" वर्गको कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(३) सम्भाव्यता न्यून परिपूरक कोषको रकमबाट बोर्डको सिफारिसमा नेपाल सरकारले गरेको निर्णय बमोजिम ऐनको दफा ४३ बमोजिम परियोजनाको लागि अनुदान वा सहुलियतपूर्ण क्रण उपलब्ध गराइनेछ ।
(४) बोर्डले सम्भाव्यता न्यून परिपूरक कोषबाट परियोजनाको पूँजीगत तथा सञ्चालन अनुदान वा सहुलियत क्रण उपलब्ध गराउन देहायको आधारमा सिफारिस गर्न सक्नेछ :-
(क) प्राविधिक दृष्टिले उपयुक्त तर लगानीको दृष्टिकोणले कम प्रतिस्पर्धा भएको परियोजना वित्तीय रूपले सम्भाव्य बनाउनु पर्ने भएमा,
(ख) परियोजनासँग सम्बन्धित सार्वजनिक निकायबाट विश्लेषण भई पूँजीगत तथा सञ्चालन अनुदान वा क्रण सहुलियत दिने भनी निक्यौँल भएमा,
(ग) परियोजनालाई सम्भाव्य बनाउने अन्य विकल्पहरू पर्याप्त र उपयुक्त नभएमा,
(घ) नेपाल सरकारका नीति, योजना तथा कार्यक्रम भित्र परेका तर सरकारका तर्फबाट तत्काल कार्यान्वयन गर्न नसकिने भएमा,
(ङ) बोर्डले समय समयमा तोकेका अन्य आधारमा ।
(५) उपनियम (१) बमोजिम बोर्डले नेपाल सरकार समक्ष सिफारिस गर्दा सम्बन्धित निकायको: अनुरोध समेतको आधारमा देहायका क्षेत्रगत परियोजनालाई ऐनको दफा ४३ को उपदफा (२) बमोजिमको सुविधाको लागि सिफारिस गर्न सक्नेछः-
(क) राष्ट्रिय गौरव, रुपान्तरणकारी वा राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना,
(ख) नेपाल सरकारले तोकेका जलाशययुक्त बहुउद्देश्यीय विद्युत परियोजना,
(ग) यातायात पूर्वाधार परियोजना,
(घ) कृषिलाई आधुनिकीकरण गर्ने परियोजना,
(ङ) वेष्ट टु इनर्जी परियोजना,
(च) खानेपानी प्रशोधन वा फोहोर पानी प्रशोधन परियोजना,
(छ) बोर्डले तोकेका अन्य परियोजना ।
(६) सम्भाव्यता न्यून परिपूरक कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ ।