दफा १४
सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापन
(१) डिभिजनल वन अधिकृतले राष्ट्रिय वनको कुनै भागलाई सिमाङ्कन गरी नेपाल सरकारबाट स्वीकृत रणनीतिक योजनाको अधीनमा रही सरकारद्वारा व्यवस्थित वनको रुपमा व्यवस्थापन गर्न सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन तथा कबुलियती वन बाहेकका अन्य राष्ट्रिय वन सरकारद्वारा व्यवस्थित वनको रुपमा व्यवस्थापन गर्नु पर्नेछ।
(३) सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापनको लागि तोकिए बमोजिम कार्ययोजना स्वीकृत गराई लागू गरिनेछ।
(४) नेपाल सरकारले अन्तरप्रादेशिक वनको रणनीतिक योजना बनाउनेछ।