दफा ५ग
सरकारी लगानी व्यवस्थापन इकाई
(१) प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन सम्बन्धमा समिति र कार्यान्वयन समितिलाई सहयोग गर्न अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाको सहसचिवको संयोजकत्वमा सौ मन्त्रालयले निर्धारण गरे बमोजिम एक सरकारी लगानी (व्यवस्थापन इकाई रहनेछ।

(२) उपदफा (१) बमोजिमको सरकारी लगानी व्यवस्थापन इकाईमा आवश्यकता (अनुसार नेपाल सरकारको जुनसुकै निकाय, नेपाल राष्ट्र बैड्घ वा सार्वजनिक प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई काजमा; ल्याई वा आवश्यकता अनुसार विशेषज्ञ वा विज्ञलाई करार सेवामा लिई काममा लगाउन सकिनेछ।