नियम ४
सरकारी वकील कार्यालय र प्रादेशिक अधिकार क्षेत्र
(१) सरकारी वकील कार्यालयको रुपमा देहायका कार्यालय रहनेछन्:-
(क) महान्यायाधिवक्ताको कार्यालय, (ख) उच्च सरकारी वकील कार्यालय, (ग) विशेष सरकारी वकील कार्यालय, (घ) जिल्ला सरकारी वकील कार्यालय ।
(२) महान्यायाधिवक्ताको कार्यालय काठमाडौँमा रहनेछ।
(३) महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयको कामलाई व्यवस्थित रूपले सञ्चालन गर्न सहान्यायाधिवक्ताको कार्यालयमा महान्यायाधिवक्ताले तोकेका विभाग रहनेछन् ।
(४) प्रत्येक विभागमा महान्यायाधिवक्ताले तोकेको नायब महान्यायाधिवक्ता विभागीय प्रमुखको रुपमा रहनेछ।
(९) बिभाग अन्तर्गत विभिन्न महाशाखा, शाखा र केन्द्र रहनेछन् ।
(६) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक विभागीय प्रमुख तथा उपनियम (५) बमोजिमका महाशाखा, शाखा र केन्द्रको कार्य विभाजन महान्यायाधिवक्ताले स्वीकृत गरेको कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ .।
(७) प्रत्येक उच्च अदालत र सोको इजलास रहेको स्थानमा एक उच्च सरकारी वकील कार्यालय रहनेछ ।
(८) विशेष अदालत रहेको स्थानमा विशेष सरकारी वकील कार्यालय रहनेछ।
(५) प्रत्येक जिल्लामा जिल्ला अदालतको मुकाम रहेको स्थानमा सम्बन्धित उच्च सरकारी वकील कार्यालयको प्रादेशिक अधिकारक्षेत्र अन्तर्गत रहने गरी एक जिल्ला सरकारी वकील कार्यालय रहनेछ । (१०) सरकारी वकील कार्यालयमा कार्यबोझ र सम्पादन गर्ने कामको आधारमा आवश्यक सङ्ख्यामा सरकारी वकील र अन्य कर्मचारीहरू रहनेछन् ।