दफा
सरकारी सवारी
(१) कुनै सरकारी कार्यालयको नाममा दर्ता भई दर्ताको प्रमाणपत्र प्राप्त नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको सवारीलाई सरकारी सवारी भनिनेछ ।
(२) सरकारी सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसूची–२ को खण्ड (घ) मा लेखिए बमोजिमको नम्बर प्लेट राख्नु पर्छ ।