दफा २१
सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार, आदि सम्बन्धी व्यवस्था
(१)पर्वतारोही दलले पर्वतारोहणको लागि प्रस्थान गर्दा आवश्यक पर्ने सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार, उचाइमा जाने कामदार र स्थानीय कामदारलाई पर्वतारोहण अभियानको लागि आफ्नोे साथमा लैजान सक्नेछ । त्यसरी लैजाँदा पर्वतारोही दलले त्यस्तो व्यक्तिहरूलाई प्रस्थान गरेको मितिदेखि पर्वतारोहण समाप्त गरी काठमाडौं वा नेपाल सरकारले तोकेको अन्य स्थानमा नफर्कुञ्जेलसम्मकोलागि तोकिएबमोजिम सुविधा दिने गरी साथमा लानु पर्नेछ ।ह्तर पर्वतारोही दलले तोकिएबमोजिमका कामदारहरू साथमा लैजानु पर्नेछ ।(२) पर्वतारोहणको लागि प्रस्थान गरी सकेपछि पनि बीच बाटोमा आवश्यक परेमा आधार शिविरका कामदार, उचाईमा जाने कामदार वा स्थानीय कामदारसाथ लान सकिनेछ।(३) सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार, उचाइमा जाने कामदार र स्थानीय कामदारको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।