नियम २६
सरुवा गर्ने आधारहरू
(१) विभिन्न प्रकृतिका कार्यको अनुभव दिलाउने प्रयोजनका लागि कुनै कर्मचारी पदस्थापन भएको शाखामा घटीमा दुई वर्ष कार्य गरे पछि सम्बन्धित कर्मचारीको शैक्षिक योग्यता, तालिम, आवश्यकता र अनुभवको आधारमा सरुवा गर्न सकिनेछ ।
(२) उपनियम (१) मा तोकिएको अवधि नपुग्दै कुनै शाखामा पदस्थापन भएको कर्मचारीलाई कार्यरत शाखामा राखी राख्न उपयुक्त छैन भन्ने लागेमा सोको कारण खुलाई सरुवा गर्न सकिनेछ ।