दफा २५७
सरोकारवाला व्यक्तिलाई पक्ष कायम गर्ने

दफा २५४ बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह बादी भई दायर भएको कुनै मुद्दा कारबाहीको क्रममा नेपालसरकार, प्रदेश सरकार वा स्थानीय तह बादी हुने नदेखिएमा अदालतले सोही व्यहोराको आदेश गरी सरोकारवाला व्यक्तिलाईझिकाउनु पर्नेछ । अदालतको आदेश बमोजिम सरोकारवाला व्यक्ति उपस्थित भई निजले मुद्दा सकार गरेमा निजलाई बादी पक्षकायम गरी सोही मुद्दाको मिसिलबाट प्रचलित कानून बमोजिम कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।