दफा
सवारी तथा इन्धन सुविधा
(१) देहायका मन्त्रीहरूलाई देहाय बमोजिम सवारी तथा इन्धन सुविधा दिइनेछः–
 (क) प्रधानमन्त्रीः
(१) सवारीको निमित्त मोटर दुई ।
(२) मासिक तीनसय चालिस लिटर पेट्रोल ।
(३) त्रैमासिक दश लिटर मोबिल ।
(ख) उपप्रधानमन्त्रीः
(१) सवारीको निमित्त मोटर एक ।
(२) मासिक दुईसय पैसठ्ठी लिटर पेट्रोल ।
(३) त्रैमासिक पाँच लिटर मोबिल ।
(ग) मन्त्रीः
(१) सवारीको निमित्त मोटर एक ।
(२) मासिक दुईसय तीस लिटर पेट्रोल ।
(३) त्रैमासिक पाँच लिटर मोबिल ।
(घ) राज्यमन्त्री र सहायकमन्त्रीः
(१) सवारीको निमित्त मोटर एक ।
(२) मासिक दुईसय लिटर पेट्रोल ।
(३) त्रैमासिक पाँच लिटर मोबिल ।
(२) मोटरको मर्मत र मोटरलाई चाहिने ग्रीजको बन्दोबस्त केन्द्रीय सेवा विभागबाट   हुनेछ ।
(३) पेट्रोल र मोबिलको बिल भौचर बुझाउनु पर्ने छैन ।
(४) यस दफाबमोजिमको सुविधा मन्त्रीहरूले आफ्नोे कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन् ।