दफा १३५
सवारी बायाँतिरबाट चलाउनु पर्ने
(१) कुनै पनि सार्वजनिक स्थानमा सवारी चलाउँदा चालकले तोकिएको स्थानमा बाहेक अन्य स्थानमा वायाँ किनारा च्यापी चलाउनु पर्छ ।
(२) अगाडि गईरहेको सवारीलाई उछिनी जानु परेमा संकेत दिई उक्त सवारीको चालकले अगाडि जान संकेत दिएपछि मात्र पछाडिको सवारीले दाहिने तिरबाट उछिनी जानु पर्छ । यसरी पछाडिको सवारीले उछिनी जानको लागि संकेत दिएमा अगाडिको सवारीले अवस्था हेरी अगाडि जानको निमित्त पछाडिको सवारीलाई संकेत दिनु पर्छ ।